भावुक हुदैँ अमिताभले भने- ‘ऋषिको हँसिलो अनुहारमा संकट हेर्न सक्दिनथेँ, त्यसैकारण कहिल्यै अस्पताल गइनँ’



२० बैशाख २०७७, काठमाडौँ

सामाजिक सञ्जालमा निकै सक्रिय रहने अमिताभले आफ्नो ब्लगमार्फत ऋषि कपुरको बारेमा केही भनेका छन् । ऋषि र अमिताभ नजिकका साथी भएकाले पनि ऋषिको निधनले अमिताभलाई निकै चोट पुगेको छ ।

ऋषिको निधनको खबर सबैभन्दा पहिले अमिताभले नै दिएका थिए । यस्तै अमिताभले आफ्नो ब्लगमा ऋषिलाई अस्पतालमा भेट्न नजानुको कारण बताएका छन् ।

सधैँ हासिरहने ऋषिलाई निन्याउरो देख्न मन थिएन अमिताभलाई । वास्तवमा उनी संकटको पलमा ऋषिको अनुहार हेर्न नसक्ने भएर अस्पताल नगएको उनले बताए ।

यी दुईले पहिलो पटक ‘कभी कभी’ ९१९७६० मा र अन्तिम पटक ‘१०२ नट आउट’ ९२०१८० मा काम गरेका थिए ।

त्यसपछि नै उनीहरुको सम्बन्ध निकै राम्रो भएको थियो । अमिताभले आफूले सधैँ नै ऋषिलाई सम्झिरहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्