२० बैशाख २०७७, काठमाडौँ
लकडाउनका कारण पुराना चर्चित शो हरु फेरि हेर्न थालिएको छ । यस्तै चर्चित शो मध्येको एक हो रामायण ।
लकडाउनको मौका पारेर पुनः प्रशारण गरिएको रामायण ले विश्व रेकर्ड कायम गरेको छ । अप्रिल १६ मा ७.७ करोड भ्यूज पाएसँगै रामायण ले सबैभन्दा धेरै हेरिएको शो बन्न सफल भएको छ ।
दुरदर्शन नेसनलको आधिकारिक ट्वीटर मार्फत उक्त जानकारी दिईएको हो । कोरोना महामारीको कारण लकडाउन घोषणा भएसंगै दुरदर्शनले ‘रामायण’ लगायत अन्य पुराना सिरियलहरुको पुनस्प्रसारण शुरु गरेको थियो ।