इबोलाविरुद्धको औषधि कोरोनाको उपचारमा प्रयोग गर्न एफडीएले दियो स्वीकृति



२० वैशाख २०७७, काठमाडौं

अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले कोरोना भाइरसको आपतकालीन उपचारका लागि इबोलाको औषधि ‘रेमडेसिभिर’ प्रयोग गर्न अनुमति दिएको छ ।

इबोलाको उक्त एन्टीभाइरल औषधि अब कोभिड १९ संक्रमण भई अस्पतालमा उपचाररत बिरामीमा प्रयोग गरिने छ । हालैका केही परीक्षणबाट कोरोनाका गम्भीर बिरामीलाई यो औषधिले सन्चो भएको पाइएको थियो ।

तर एफडीएको यो स्वीकृति औपचारिक नभई आपतकालीनमात्र भएको बताइएको छ । औपचारिक स्वीकृतिका लागि उच्चस्तरीय अध्ययन आवश्यक पर्ने बताइन्छ ।

विज्ञहरुले इबोलाको उपचारका लागि गिलिइड फर्मास्युटिकल्सद्वारा उत्पादित यो औषधिलाई ‘जादूको चक्की’का रुपमा नलिन सुझाव दिएका छन् ।

डोनाल्ड ट्रम्पसँग ओभल अफिसमा भएको छलफलमा गिलिइडका प्रमुख कार्यकारी डानियल ओ डेले एफडीएको स्वीकृति महत्वपूर्ण कदम रहेको बताए। यसका लागि कम्पनीले १५ लाख भायल औषधि सहयोग गर्ने उनले बताए ।

कोरोनाको उपचारमा उक्त औषधि प्रयोग गर्नुपर्छ भन्ने पक्षमा ट्रम्प पनि छन् । एजेन्सीको सहयोगमा-

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्