२० बैशाख २०७७, काठमाडौँ
गत बिहिबार चर्चित बलिउड अभिनेता ऋषि कपुरले संसार छोडे । उनको निधनले यतिबेला पुरा बलिउड नै स्तब्ध छ । उनको अन्तिम संस्कारमा केही बलिउड सेलिब्रेटीहरु उपस्थित भएका थिए ।
जसमध्ये आलिया पनि थिइन् । यतिबेला ऋषिको अन्तिम संस्कार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । जहाँ आलियाले मोबाइल चलाइरहेको देख्न सकिन्छ ।
धेरैले त्यस्तो शोकको समयमा पनि फोटो खिचेको, भिडियो बनाउँदै बसेको भन्दै आलियाको आलोचना पनि गरिरहेका छन् । तर वास्तवमा कुरा अर्कै छ । ऋषिकी छोरी रिद्यिमा दिल्लीबाट मुम्बई आउँदै थिइन् ।
उनी आफ्नो पिताको अन्तिम संस्कारमा आउन पाइनन् । तर फोनबाट नै अन्तिम श्रद्धाञ्जली दिनको लागि उनले आलियालाई भिडियो कल गरेकी थिइन् । तर दर्शकले कुनै नबुझी आलियाको आलोचना गरे ।