२० बैशाख २०७७, काठमाडौँ
मरिस्का पोखरेल निकै सम्भावना बोकेकी नायिकाको रुपमा चिनिएकी थिइन् । तर उनले सोचेजति सफलता भने पाउन सकिनन् । उनले खेलेका चलचित्र एकपछि अर्को असफल हुदैँ गए ।
तर उनले लोकदोहोरी गीतबाट भने निकै चर्चा पाइन् । गतबर्ष रिलिज भएको लोकदोहोरी गीत सालको पातको टपरी बाट चर्चाको उचाइमा पुगिन् । उनै नायिका मरिस्काले विवाह गरेकी छिन् ।
अस्ट्रेलियामा बस्दै आएका प्रेमीसँग उनले विवाह गरेकी हुन्। गत साता अस्ट्रेलियामा नै उनीहरूबीच औँठी साटासाट भएको हो।
मरिस्काको प्रेमी विगत ८ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका थिए। मरिस्का भने विगत २ वर्षदेखि उनको प्रेममा थिइन् । मरिस्का पनि केही समयदेखि नेपाल बाहिर थिइन् ।