२१ बैशाख २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारत सार्क मुलुकमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा १ सय जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुगेको छ ।
एकैदिन २ हजार ४ सय ४२ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ । त्यस्तै संक्रमितमध्ये १० हजार ८ सय १९ जना उपचारपछि निको भएका छन् भने २७ हजार ५ सय ५७ जनाको उपचार भइरहेको छ ।