२१ बैशाख २०७७, काठमाडौँ
अहिले एउटा अचम्मको समाचारले सामाजिक सञ्जाल तताइरहेको छ । हामीले चराले ओथारो बसेर अण्डा कोरलेको धेरै सुनेका छौँ तर मानिसले नै ओथारो बसेर अण्डा कोरलेको खबर सायदै कसैले सुनेका छन् ।
यहि घटनाले अहिले सबै चकित छन् । एक महिलाले आफ्नो ब्रा भित्र हाँसको अण्डा राखेर कोरलिदिएकी छिन् ।
कुरा अमेरिकास्थित क्यालिफोर्नियाको हो । बेट्सी रोस नामकी ती महिलाले पार्कमा अलपत्र अवस्थामा फेला पारेको हाँसको अण्डालाई आफ्नो ब्राभित्र पैँतिस दिनसम्म राखेर कोरलिदिएकी छिन् । उक्त अण्डाबाट हाँसको बचेरो निस्किएको छ ।
बेवारिसे हाँसको अण्डालाई आफ्नो ब्रा भित्र राखेर कोरल्ने ती महिलाको धेरै प्रसंसा गरेका छन् सामाजिक सञ्जालमा ।
यसअघि ती महिलाले कहिल्यै पनि चरा पालेकी थिइनन् । जसका कारण उनलाई अण्डा कोरल्नेबारे कत्तिपनि ज्ञान थिएन । उनले अण्डाको लागि सबैभन्दा उपयुक्त स्थान आफ्नो छाती सम्झिइन् । जसअनुसार उनले ३५ दिनसम्म अण्डालाई छातीभित्र न्यानो बनाएर राखिन् । जसको फलस्वरुप आज हाँसको बचेरो बाहिर निस्किएको छ ।