२१ वैशाख २०७७, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दाबन्दी (लकडाउन्) थप कडाइ गर्न निर्देशन दिएका छन् ।
आइतबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले बन्दाबन्दीका कारण नै कोरोना नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्ला दिनमा बन्दाबन्दी उल्लंघनका घटना बढेको बताए ।
“हामीले गरेको ‘लकडाउन्’का कारण नै कोरोना नियन्त्रणमा आएको छ ।” प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भनेको छ, ‘लकडाउन् अझै कडा गरौं ।’
यस्तै उनले सीमा क्षेत्रमा र बाहिर पनि आवतजावतलाई पनि कडाइ बनाउन गृह मन्त्रीलाई निर्देशन दिएका छन् ।
|फाइल तस्वीर|