खुसीको खबर, अमेरिकामा मृतकको संख्या घट्दै,पछिल्लो २४ घण्टाको अपडेट



२२ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १ सय २२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६८ हजार ५ सय ६६ बढी  पुगेको छ । हिजोको तुलनामा आजको मृत्यु  ५ सय भन्दा धेरै कम हो ।  हिजो १ हजार ६ सय ४३ जना बढीले ज्यान गुमाएका थिए ।

एकैदिन २६ हजार ४ सय ५९ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ११ लाख ८७ हजार २ सय ३३ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार १ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ७८ हजार २ सय ६३ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्