भयावह बन्दै छिमेकी राष्ट्र भारतको स्थिती थपिदैं संक्रमित, बढ्दै मृत्यु, पछिल्लो २४ घण्टाको अपडेट



२२ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारत सार्क राष्ट्रमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ भने एसियाली मुलुकमा चौथो नम्बरमा रहेको छ त्यस्तै विश्वमा १६ औं नम्बरमा रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ६८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ३ सय ९१ पुगेको छ ।

एकैदिन २ हजार ८ सय ६ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४२ हजार ५ सय ५ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ११ हजार ७ सय ७५ जना उपचारपछि निको भएका छन् भने २७ हजार ३३९ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्