२२ बैशाख २०७७, काठमाडौँ
नायिका करिश्मा मानन्धर बेला बेलामा सामाजिक सञ्जालमा चर्चामा आइरहेकी हुन्छिन् । केहीसमय अघि कलाकारहरुले कोरोनाबाट पिडितलाई सहयोग गर्ने कुरालाई लिएर उनी चर्चामा आएकी थिइन् । त्यसपछि कोरोना पिडितलाई सहयोग गरेर उनी चर्चामा आएकी थिइन् ।
अहिले भने सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरका कारण उनी चर्चामा आएकी छिन् । यतिबेला लकडाउनका कारण उनी गोदावरीस्थित आफ्नो घरमा समय बिताइरहेकी छिन् ।
उनले सामाजिक सञ्जालमा फुलहरुसँग रमाइरहेको तस्बिर सेयर गरेकी छिन् । उक्त तस्बिरलाई उनका फ्यानले निकै रुचाएका छन् ।