कोरोनाविरुद्धको खोप यो वर्षको अन्त्यसम्म तयार हुन्छ : ट्रम्प



२२ वैशाख २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड १९ (कोरोना भाइरस)विरुद्धको खोप यो वर्षको अन्त्यसम्ममा तयार हुने विश्वास रहेको बताएका छन् ।

फक्स न्यूजसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति ट्रम्पले कोरोनाविरुद्धको खोप बनाउने प्रयास तीव्र गतिमा रहेकाले यो वर्षको अन्त्यसम्ममा अमेरिकामा खोप उपलब्ध हुने बताएका हुन् ।

“मलाई पूरा विश्वास छ । यो वर्षको अन्त्यसम्म हामीले खोप पाउने छौँ ।” उनले भनेका छन् । ट्रम्पले आउँदो सेप्टेम्बरमा विद्यालय खोल्ने बताए । तर संक्रमणको जोखिम रहेका पाको उमेरका शिक्षकको चिन्ता रहेको उनले बताएका छन् । एजेन्सीको सहयोगमा-

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्