अमेरिकी सदनद्वारा सरकारको प्रस्ताव अस्वीकार



२२ वैशाख २०७७, काठमाडौं

अमेरिकाका दुवै सदनले सरकारको तर्फबाट गरिएको सांसदहरुका लागि कोभिड १९ (कोरोना भाइरस)का परीक्षण गर्न एक हजार र्‍यापिड टेस्ट् किटको व्यवस्था गर्ने सम्बन्धी प्रस्ताव अस्वीकार गरेका छन् ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी तथा माथिल्लो सदनका नेता रिपब्लिकन सिनेटर मिच म्याकनलले संयुक्त वक्तव्य जारी गरेर सरकारको प्रस्ताव अस्वीकार गरेका हुन् ।

उनीहरुले परीक्षणको व्यवस्था गर्नेसम्बन्धी सरकारको प्रस्तावका लागि धन्यवाद दिँदै परीक्षण सामग्रीहरु अत्यावश्यक रहेका क्षेत्रमा पठाउनु पर्ने बताए अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्प सदनको यो निर्णयबाट खुशी भएका छैनन् । उनले ट्वीट गरेर परीक्षणको प्रस्ताव अस्वीकार गर्नुमा राजनीतिक बाहेक अरु कारण नरहेको आरोप लगाएका छन् । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्