२२ बैशाख २०७७, काठमाडौँ
टाइगर श्राफ र श्रद्धा कपुरको मुख्य भूमिका रहेको चलचित्र बागी ३ युट्युबमा रिलिज भएको थियो । बागी ३ यहि मार्च ६ गतेबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आएको थियो ।
चलचित्रले बक्सअफिसमा गज्जबको कमाइ पनि गरिरहेको थियो । तर चलचित्र रिलिज भएको १ हप्तामै लकडाउन सुरु भयो । जसको नराम्रो असर चलचित्रमा पर्न गयो ।
लकडाउनपछि बागी ३ पुनः हलमा रिलिज हुने बताइएको थियो । तर चलचित्र निर्माण टिमले बागी ३ लाई युट्युबमा रिलिज गरिदिएको छ । फिल्मको कथा साजिद नाडियाडले लेखेका हुन् । समिक्षकहरुले खासै नरुचाएको यो एक्सन फिल्मले करिब १३७ करोडको व्यापार गएको थियो ।
https://youtu.be/NaTTc3DTemc