बाबुराम भट्टराईविरद्ध उजुरी दिन नेकपा सांसद र पूर्वआइजीपी मावअधिकार आयोगमा



२२ वैशाख २०७७, काठमाडौं

जनता समाजवादी पार्टीका नेताहरुले सांसद अपहरण जस्तो गम्भीर झुटो आरोप लगाएर आफूहरुको मानवअधिकार हनन् गरेको भन्दै नेकपाका सांसद र पूर्वआइजीपी उजुरी दिन मानवअधिकार आयोग पुगेका छन् ।

जसपा नेता डा. बाबुराम भट्टराईलगायतका अन्य नेताहरुले आफूहरुलाई हुँदै नभएको आरोप लगाएर मानवअधिकार हनन् गरेको भन्दै उनीहरु आयोग पुगेका बताइएको छ ।

नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठका साथै पूर्वआइजीजी सर्वेन्द्र खनाल आयोग पुगेका छन् । उनीहरुलाई जसपाका सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लगाएको छ ।

सांसद यादवले नै सञ्चारमाध्यममा अन्तर्वार्ताका क्रममा आफूलाई अपहरण नगरेको बताएका थिए । तर, पछि दिएको अन्तर्वार्तामा उनले नै आफू अपहरणमा परेको बताएका थिए ।

सांसद तथा पूर्वआइजीपी नै सांसद यादवको घर पुगेर उनीहरु सँगसँगै काठमाडौं आएका थिए ।

|तस्वीरमा उजुरी। श्रोतः|

प्रतिक्रिया दिनुहोस्