२२ वैशाख २०७७, काठमाडौं
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सांसद विकास कोषले सांसदहरुको बेइज्जत भइरहेको भन्दै यो कार्यक्रम परिमार्जन गर्न सुझाव दिएका छन् ।
अर्थ समितिको सोमबार बसेको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले यस्तो सुझाव दिएका हुन् । उनले अब बजेटमै प्रत्यक्ष निर्वार्चित सांसदको नेतृत्वमा आयोजना छनोट गरी निर्वाचन क्षेत्रका नाममा बजेट राख्न सुझाव दिए ।
सांसदको नेतृत्वमा सबै सरोकारवालाको समन्वयमा बजेट अगाडि नै कार्यक्रम, आयोजना छनोट गरी ती कार्यक्रमका लागि बजेट राख्ने हो भने विवाद नहुने उनले बताए ।
यो बजेटको मोडालिटी नै परिवर्तन गर्नुपर्ने भट्टराईको सुझाव छ ।
|फाइल तस्वीर|