२२ बैशाख २०७७, काठमाडौँ
दिनेश डिसी नेपाली चलचित्र जगतका चर्चित कलाकार हुन् । त्यसका साथै उनी संचारकर्मी र निर्देशक पनि हुन् । बैशाख र जेठ अक्सर विवाह हुने महिना हुन् । तर यसपटक कोरोनाको प्रभाव विश्वभर परेका कारण नेपालमा पनि विवाहको तमझम यसपटक त्यति देखिएको छैन ।
तर दिनेश डिसीले भने आफ्नी छोरीको इन्गेजमेन्ट अनलाइन मार्फत गरिदिएका छन् । दिनेश डिसीकी हाल अस्ट्रेलियामा रहेकी छोरी शवा डिसीले आफ्नो प्रेमी मनिष न्यौपानेसंग इन्गेजमेन्ट गरेकी छिन् । यो इन्गेजमेन्टमा नेपाल, अमेरिकामा रहेका उनीहरुका आफन्तहरु अनलाइन मार्फत सहभागी रहेका थिए ।
दिनेश डिसीले भने – “पण्डितसंग कुरा गरेर अस्ट्रेलियामा आबश्यक सामग्रीहरु किनिएको थियो । त्यस्तै इन्टरनेटको माध्यमबाट जुम एप मार्फत अनलाइनमा उपस्थीत भएर अन्य बेला झैँ बिशेष पहिरननै लगाएर भिडियो मार्फतनै रमाइलो गर्यौ । पण्डितले आधा घण्टामा सकिन्छ भने पनि पुजापाठको लागि २ घण्टा समय लागेको थियो । सबैले बिशेष खानेकुराहरु पनि आ-आफ्नै घरमा खाएका थिए” ।
यस्तो घटना विरलै घट्ने गर्छन् । अहिले सबैजना दिनेश डिसीको छोरीको अचम्मको तरिकाले इन्गेजमेन्ट भएको देखेर छक्क परिरहेका छन् । तर धेरैलाई यो तरिका मन पनि परेको छ । जसका कारण दिनेश डिसीको छोरीलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ ।