२२ बैशाख २०७७, काठमाडौँ
धुर्मुस सुन्तली फाउण्डेसनले पनि कोरोनाका कारण समस्यामा परेका मजदुरहरुलाई सहयोग गर्ने भएका छन् । यसअघि पनि धुर्मुस सुन्तलीले वृद्धवृद्धालाई राहत र केही नगद समेत सहयोग गरेका छन् ।
अहिले भने उनीहरुले कोरोनाका कारण समस्यामा परेका मजदुरहरुलाई निशुल्क खाना खुवाएर सहयोग गर्ने भएका छन् । उनीहरुले भोलिबाट खाना खुवाउने बताएका छन् ।
प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि। को सहकार्यमा ललितपुर महानगरपालिका १४ थसिखेल ९प्रतिभा सहकारी भवन अगाडि० बिहान र बेलुका खानाको व्यवस्था गरिनेछ । बिहान ९ बजे बाट ११ बजे सम्म र साँझ ५ बजे बाट ७ बजे सम्म खाना खुवाउने व्यवस्था गरिएको सामाजिक संजाल मार्फत जानकारी दिएको छ ।