बलिउडका यी कलाकार, जो हुन् सानैदेखिका साथी…



२३ बैशाख २०७७, काठमाडौँ

बलिउडमा केही यस्ता सेलिब्रेटीहरु छन् जो एकअर्कासँग असाध्यै मिल्छन् । हुन त एउटै क्षेत्रमा भएका कारण बलिउड सेलिब्रेटी प्रतिस्पर्धीको भावना रहने बताइन्छ तर केही यस्ता कलाकार छन् जो एकअर्काका वास्तवमै मिल्ने साथी हुन् । केही यस्ता पनि कलाकार छन् जो अहिले नभएर सानोमा एकसाथ हुर्किए ।

आज हामी तिनै केही बलिउड कलाकारबारे चर्चा गर्नेछौँ, जो बचपनदेखिका साथी हुन् ।

सलमान खान र आमिर खान

ब्लिउडका चर्चित २ खान बच्चैदेखिका साथी हुन् भन्ने कुरा कमैलाई मात्र थाहा छ होला । यी दुबै एउटै स्कुलमा पढ्थे । दुई कक्षाको समय यी दुबै एउटै क्लासमा थिए । फिल्म ‘अन्दाज अपना अपना’मा सलमान र आमिरले एकसाथ काम गरेका थिए । दुबैको जोडी फिल्ममा दर्शकले निकै मन पराएका थिए । यी दुइ अहिले पनि एकअर्कासँग मिल्ने गर्छन् ।

करण जौहर र  ट्वीकल खन्ना

करण र ट्वीकल सानोमा एउटै स्कुलमा पढेका थिए । स्कुल पढ्दा पनि उनीहरु एकअर्कासँग मिल्ने गर्थे । अहिले पनि यी दुईको सम्बन्ध निकै राम्रो छ ।

श्रद्धा कपुर र टाइगर श्राफ

श्रद्धा कपुर र टाइगर श्रापले एकसाथ केही फिल्ममा काम गरेका छन् । ठुलो पर्दामा यी दुबैको जोडी दर्शकले रुचाएका छन् । यी दुबै कलाकार सानैदेखीका साथी हुन् । मुम्बईमा दुबै एउटै स्कुलमा पढ्दथे ।

वरुण धवन र अर्जुन कपुर

वरुण र अर्जुनले पनि आफ्नो स्कुलसम्मको पढाइ एकसाथ गरेका थिए । त्यसैले पनि यी दुईको सम्बन्ध निकै प्रगाढ छ । वरुण र अर्जुन एकसाथ हुदाँ अहिलेपनि स्कुलको कुरा गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्