छिमेकी भारतमा कोरोना मृत्यु र संक्रमणले तिब्र रुप लिदैं , पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च मृत्यु



२४ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारत सार्क राष्ट्रमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ भने एसियाली मुलुकमा चौथो नम्बरमा रहेको छ त्यस्तै विश्वमा १५ औं नम्बरमा रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १२७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ६ सय ९३ पुगेको छ ।

एकैदिन २ हजार ९ सय ६३ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४९ हजार ४ सय पुगेको छ । त्यस्तै संक्रमितमध्ये १४ हजार १ सय ४२ जना उपचारपछि निको भएका छन् भने ३३ हजार ५६५ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्