मृत्युको देश बनेको अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



२४ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय १ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७२ हजार २ सय २२ बढी  पुगेको छ ।

एकैदिन २४ हजार २५ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२ लाख ३६ हजार ८ सय ८० बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार १ सय ७५ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ९९ हजार ६ सय ८४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्