पाकिस्तानमा पनि विधंश मच्चाउदै कोरोना, स्थिती नियन्त्रण बाहिर



२४ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण सार्क राष्ट्रमा भारतपछि पाकिस्तानमा तीव्र देखिएको छ ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा ३८ जनाले ज्यान गुमाएसँगै  मृत्यु हुनेको संख्या ५१४ पुगेको छ । एकैदिन १ हजार १०८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २२ हाजार ४९ पुगेको छ ।

संक्रमितमध्ये ५ हजार ८०१ जना उपचारपछि निको भएका छन् भने १११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्