कोरोना भाइरसको माहामारी बिच भारतमा थपियो अर्को पीडा



२४ बैशाख २०७७, काठमाडौं

भारतको असममा अफ्रिकी स्वाइन फ्लूका कारण हालसम्म साढे दुई हजार बढी सुँगुरको मृत्यु भइसकेको छ । असमको सातवटा जिल्लामा सोमबारसम्म करिब ३०६ गाउँमा २५ सयभन बढी सुँगुरको मृत्यु भएको ।

एकातर्फ राज्य सरकारको पूरा प्रशासन कोरोनाभाइरस महामारी नियन्त्रणमा लागेको छ भने अर्कोतर्फ प्रदेशमा अफ्रिकी स्वाइन फ्लू देखिएपछि सरकारको तनाव एकाएक बढेको छ । राज्य सरकारका अनुुसार प्रदेश सरकारमा पहिलो पटक अफ्रिकी स्वाइन फ्लू देखिएको हो । यो एक घातक रोग हो जुन हाल घर पालुवा सुँगुँमा मात्रै देखिएको छ । यो फ्लूबाट संक्रमित सुँगुरको शत प्रतिशत मृत्यु हुन्छ ।

असममा अफ्रिकी स्वाइन फ्लूको यो पहिलो घटना हो र हालसम्म प्राप्त जानकारी अनुसार यो मानिसमा फैलिदैन र न नै यो फ्लूको कोभिड–१९ संक्रमणसँग कुनै सम्बन्ध छ ।

प्रतिक्रिया दिनुहोस्