सामाजिक दुरी पालना नगरेपछि बेलायत सरकारका सल्लाहकारद्वारा राजीनामा



२४ वैशाख २०७७, काठमाडौं

बेलायतमा बन्दाबन्दी (लकडाउन्) लागु गर्न सिफारिस गर्ने सरकारका प्रमुख सल्लाहकार प्रोफेसर नील फर्ग्युसन स्वयंले सामाजिक दुरी उल्लंघन गरेपछि पदबाट राजीनामा दिएका छन् ।

राजीनामा घोषणा गर्दै प्रोफेसर फर्ग्युसनले भनेका छन्, ‘मबाट गलत भएको कुरा म स्वीकार गर्दछु । त्यसैले मैले पद त्याग गरेको छु । कोरोना महामारीलाई नियन्त्रण गर्न सामाजिक दुरी आवश्यक रहेको स्पष्ट सन्देश दिइएको छ, तर मैले त्यसलाई बेवास्ता गरें । यसबाट मलाई अपसोस छ ।’

लण्डनबाट प्रकाशित हुने डेली टेलिग्राफ पत्रिकाले लेखेको समाचारअनुसार प्रोफेसर फर्ग्युसनले एक जना महिलालाई आफू नजिक आउन दिएका थिए, जुन सामाजिक दुरी कायम गर्ने नियमको उल्लंघन हो ।

प्रोफेसर फर्ग्युसन ‘सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एनालिसिस’को निर्देशन हुन् । यो संस्थाले सरकार र विश्व स्वास्थ्य संगठनलाई अफ्रिकामा इबोलादेखि लिएर हालको कोरोना महामारीसम्म सल्लाह दिँदै आएको छ ।

लकडाउन उल्लंघन गरेपछि पद त्याग गर्ने फर्ग्युसन पहिलो विशेषज्ञ भने होइनन् । ६ अप्रिलमा स्कटल्याण्डको मुख्य मेडिकल अफिसर डाक्टर क्याथरिन क्यालडरवुड दुई पटकसम्म आफ्नो दोस्रो घर गएको सामाचार सावर्जनिक भएपछि उनले पनि पदबाट राजीनामा दिएका थिए । एजेन्सीको सहयोगमा-

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्