२४ बैशाख २०७७, काठमाडौँ
नायिका सृष्टि श्रेष्ठ र नायक सौगात मल्ल केहीबर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् । नेपाली चलचित्र जगतमा यी दुईलाई निकै लोकप्रिय जोडी मानिन्छ । अर्को बर्ष यी दुईले विवाह गर्ने योजना रहेको बताएका पनि छन् ।
अहिले लकडाउनका कारण यी दुईले एकअर्कासँग समय बिताउन पाएका छन् । सौगात र सृष्टिले निकै रमाइलो गर्दै समय बिताइरहेका छन् । यसैबिच सृष्टिले सामाजिक सञ्जालमा सौगात र उनका केही तस्बिरहरु साझेदार गरेकी छिन् । तस्बिरमा उनको र सौगातको निकै राम्रो जोडी देखिएको छ ।
साथै उनले सौगातको लागि कविता पनि लेखेकी छिन् । कवितामा उनले सौगातलाई आफ्नो टम र आफू जेरी भएको बताएकी छिन् । उनको कविता अंग्रेजीमा रहेको छ । उक्त तस्बिरमा धेरै दर्शकले प्रतिक्रिया दिएका छन् । साथै सृष्टिले सबैलाई सुरक्षित रहन पनि अपिल गरेकी छिन् ।