टम क्रुजको स्पेसमा चलचित्रको छायांकन गर्ने योजनाबारे नासाले दियो यस्तो जवाफ…



२४ बैशाख २०७७, काठमाडौँ

टम क्रुज हलिउडका निकै नै चर्चित अभिनेता हुन् । अब उनी चलचित्रको छायांकनका लागि स्पेस जाने भएका छन् । हलिउड फिल्म क्षेत्रमै पहिलो पटक कुनै चलचित्रको छायांकन स्पेसमा हुन लागेको हो ।

च्लचित्र मिसन इम्पोशिबल को केही छायांकन ताराहरुको बिचमा गरिने बताइएको छ ।  यो फिल्म नासाको इन्टरनेशनल स्पेस स्टेशनमा शूटिङ गरिने जनाइएको छ ।

टम क्रुजले इलोन मस्क र स्पेसएक्ससँग टिमअप गर्दैछन् । यो एक्सन एडभेन्चर फिल्म कस्तो हनेछ भन्ने अहिले नै धेरैको चासोको विषय बनेको छ ।

मिसन इम्पोसिबल टिमको यो घोषणालाई लिएर नासाले प्रतिक्रिया जनाएको छ । नासाका अधिकारीले भनेका छन् – टम क्रुजसँग स्पेस स्टेसनमा काम गर्न नासा उत्सुक छ ।

टम आफ्नो चलचित्रको छायांकन स्पेसमा गराउनको लागि निकै नै उत्साहित छ । तर यो काममा उत्तिनै चुनौती पनि रहेको छ । यो सब टम आफ्नो चलचित्रलाई उत्कृष्ट बनाउनको लागि गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्