२४ बैशाख २०७७, काठमाडौँ
कोरोनाको प्रत्यक्ष असर फिल्म क्षेत्रमा पनि देखिएको छ । विशेष धेरै चलचित्र प्रदर्शन हुने बलिउडमा यसको असर देखिएको छ । लकडाउनका कारण छायांकनरत चलचित्रका छायांकन रोकिएका छन्, तयार पारिएका सेटहरु भत्किएका छन्, प्रमोशन सकेर प्रदर्शनको तयारीमा रहेका चलचित्रको प्रदर्शन पछाडी सरेका छन् ।
जसका कारण बलिउड निर्माताहरुको बजेटमा समस्या देखिएको छ । एउटै चलचित्रको लागि डबल खर्च गर्नुभन्दा यतिबेला पक्कै पनि बलिउड निर्माताहरु तनावमा छन् ।
यस्तै केही प्रतिशत मात्र छायांकन बाकिँ रहेको चलचित्र ब्रम्हास्त्र का निर्माता करण जौहरले पनि पछि बजेट बढी हुने कारणले अहिले नै तनाव भैरहेको बताएका थिए । जसका कारण चलचित्रका मुख्य कलाकार रणवीर कपुर र आलिया भट्टले आफ्नो लिने पारिश्रमिक बाट केही प्रतिशत घटाएका छन् ।
चलचित्रका निर्देशक आयन मुखर्जीले पनि आफ्नो पारिश्रमिकमा छुट दिने बताएका छन् । निर्देशक मुखार्जीले नाफाको प्रतिशत लिने सर्तमा आफ्नो पारिश्रमिकमा छुट दिएका हुन् । उनीहरुले निर्माताको समस्यालाई मध्यनजर गर्दै आफ्नो पारिश्रमिक घटाएका हुन् ।