२४ वैशाख २०७७, काठमाडौं
प्रतिनिधि सभाका सबै सदस्य तथा कर्मचारीहरूको कोभिड १९ (कोरोना भाइरस) कोरोना परीक्षण गरिने भएको छ ।
मंगलबार (हिजो) सभामुख अग्नी प्रसाद सापकोटाको अध्यक्षतामा बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सबै सांसद र कर्मचारीको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने निर्णय गरेको हो ।
२६ वैशाखदेखि संसदको बर्खे अधिवेशन आह्वान भइसकेको अवस्थामा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदको सभाहलहरू, कक्षहरू, भवन र परिसरलाई स्यानीटाइज गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै दूरी कायम गरेर बैठकहरु सञ्चालन गर्ने, संघीय संसद भवनमा कोरोना संक्रमण हुन नदिन सबै पूर्व( तयारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।
|फाइल तस्वीर|