२५ वैशाखको साँझ दीप प्रज्वलन गर्ने मन्त्रिपरिषद्को निर्णय



२४ वैशाख २०७७, काठमाडौं

सरकारले बिहीबार साँझ (वैशाख २५ः भोलि) देशभरि घर-घरमा दीप प्रज्वलन गर्ने निर्णय गरेको छ ।

बुधबार (आज) दिउँसो प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बुद्ध जयन्तीको अवसर र कोभिड १९ (कोरोना भाइरस)विरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको थियो ।

यस्तै सरकारले जारी बन्दाबन्दी (लकडाउन्) १० लम्ब्याएर आगामी ६ जेष्ठसम्म कायम राख्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गत वर्षको ११ चैत्रदेखि ‘लकडाउन्’को घोषणा गरेको थियो ।

पछिल्लो पटक थपिएको ‘लकडाउन्’को समयावधि भोलि सकिँदैछ । हालसम्म नेपालमा ८२ जना संक्रमितहरु देखिएका छन् । जसमा २२ जनाले पूर्ण रुपमा स्वास्थ्यलाभ लिइसकेका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्