हाल अमेरिकामा रहेकी नायिका नन्दिताले भनिन्, ‘अहिलेसम्म यहाँ रहेका नेपाली कलाकारहरुमा केही समस्या देखिएको छैन’



२४ बैशाख २०७७, काठमाडौँ

कोरोनाको असर पछिल्लो समयमा सबैभन्दा धेरै अमेरिकामा देखिएको छ । कोरोना संक्रमित सबैभन्दा धेरै अमेरिकामा रहेका छन् भने कोरोनाका कारण सबैभन्दा बढी पनि अमेरिकाका मानिसकै ज्यान गएको छ ।

अमेरिकामा धेरै नेपाली कलाकारहरु पनि रहेका छन् । जसका कारण अहिले उनीहरुको पनि जीवनस्तर निकै कष्ठकर बन्दै गएको छ । यस्तै करब ५ बर्षदेखि अमेरिकामा रहेकी नायिका नन्दिता केसीले अहिले अमेरिकाको स्थिति निकै भयावह भएको बताएकी छिन् ।

उनले बाहिर निस्कन त झन् निकै नै डरमर्दो भएको बताएकी छिन् । चीनमा कोरोना संक्रमण फैलिसक्दा नायिका नन्दिता केसी नेपाल आएकी थिइन् । करिब ५ महिना नेपाल बसेकी नन्दिता अमेरिका जाने बेलासम्म अमेरिकामा कोरोनाका कारण १ जनाको पनि ज्यान गएको थिइन् । जसका कारण उनी गएकी थिइन् । तर अहिले उनलाई नगएको भए हुने भन्ने खालको भावना आइरहेको छ ।

उनले फोन अन्तवार्ता मार्फत यसबारे केही बताएकी छिन् । नन्दिताले भनेकी छिन्,

म अहिले न्यूयोर्कमा छु । यहाँ निकै नै डर लाग्दो अवस्था छ । यस्तो समयमा घरबाट बाहिर निस्कन सक्ने अवस्था नै छैन । तर, खानेकुरा किन्नका लागि कहिलेकाही घरबाट बाहिर सावधानी अपनाएर निस्कन्छु । तर, पहिलेको जसरी खुल्लम खुल्ला हिड्न नपाएको २ महिना भयो ।

यहाँ लकडाउनलाई वाध्यकारी बनाइएको छैन । तर, पनि यस्तो अवस्था बाहिर निस्कने सक्ने अवस्था भने छैन । बाहिर निस्कदा मास्क, पञ्जा लगाएर, सामाजिक दुरी कायम गरेर निस्कने गर्छु । तर, पनि मनमा भने डर त हुने नै रहेछ । कुनै सामान छुदा पनि डर लाग्छ । घरमै पनि म कुनै सामान छुने वित्तिकै हात धुन्छु । दिनमा ४०(५० पटक हात धुन्छु होला म ।

घरमै बस्दा घरको काम गर्ने, चलचित्र हेर्ने गरेर नै दिन बितिरहेको छ । घरबाट बाहिर निस्किएपछि मनमा पलाएको डर घर आएपछि पनि रहिरहन्छ । रुघा, खोकी लाग्यो भने पनि कोरोना नै भयो कि भन्ने सोच त आउने रहेछ । त्यसैले, वेसार र अदुवा पानी म निकै नै पिउँछु ।

अहिले कोरोनाका कारण हामीले काम गर्न त पाएका छैनौँ । तर, आर्थिक समस्या भने परेको छैन । विशेषगरि, यहाँको कार्ड नभएका, विद्यार्थीहरुलाई केही समस्या भएको सुनेको छु । तर, अमेरिकामा रहेका नेपालीहरुले उनीहरुलाई सहयोग गरिरहनुभएको छ ।

नन्दिताले अहिलेसम्म काम गर्न नपाएपनि आर्थिक अभाव भने नभएको बताएकी छिन् । साथै उनले अमेरिकामा रहेका नेपाली कलाकारहरु पनि अहिलेसम्म त्यस्तो खासै समस्या नभएको पनि बताएकी छिन् । अहिलेसम्म सुरक्षित नै भएपनि डर मान्नु पर्ने अवस्था भने पक्कै पनि रहेको उनले बताएकी छिन् । नन्दिताले अहिले आफूले आफ्नो स्वास्थ्यको निकै नै ख्याल राख्ने गरेको बताएकी छिन् । साथै उनले अरुलाई पनि सुरक्षित रहन आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्