२४ वैशाख २०७७, काठमाडौं
सरकारले आगामी १८ जेष्ठसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार (आज) बसेको बैठकले ‘लकडाउन्’लाई ५ जेष्ठसम्म लम्ब्याउने निर्णय गरेको थियो । यस्तै अन्तर्राष्ट्रिय हवाइ उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई १८ जेष्ठसम्म लम्ब्याउने निर्णय गरेको हो ।
यस्तै बैठकले भोलि साँझ सबैले घरघरमा दीप प्रज्वलन गर्ने निर्णय पनि गरेको छ ।
|फाइल तस्वीर|