२४ वैशाख २०७७, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बिहीबार (भोलि) बिहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भएको छ ।
सो कुराको जानकारी प्राप्त भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बुधबार (आज) बिहान भएको छलफलपछि बैठक तय भएको हो ।
बैठकका एजेण्डा र प्रस्तावमाथि अहिले प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सचिवालय बैठक बसिरहेको छ ।
|फाइल तस्वीर|