२४ बैशाख २०७७, काठमाडौँ
नायिका स्वस्तिमा खड्काले अमेरिकन चलचित्रमा काम गर्न लागेको खबरले सामाजिक सञ्जालमा तात्तिरहेको छ । चलचित्रमा स्वस्तिमासँगै केकी अधिकारी पनि देखिने हल्ला छ । यसबारे स्वस्तिमाले बल्ल मुख खोलेकी छिन् ।
उनले अंग्रेजी भाषाको चलचित्रमा काम गर्न लागेको खबर झुटो नभएको बताएकी छिन् । तर उनले यो हलिउड चलचित्र भने नभएको पनि स्पष्ट पारेकी छिन् । चलचित्रमा स्वस्तिमाले भुटानी सरणार्थीको भूमिका निभाउने भएकी छिन् ।
चलचित्रमा स्वस्तिमा र केकीसँगै केही अमेरिकन कलाकार रहने बताइएको छ । चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा हुनेछ । अहिले अमेरिकामा कोरोनाको असर सबैभन्दा धेरै देखिएकाले चलचित्रको काम अगाडी बढ्न नसकेको हो । माहोल सामान्य हुने बित्तिकै चलचित्रको काम अगाडी बढ्ने बताइएको छ ।