भयावह बन्दै छिमेकी राष्ट्र भारतको स्थिती थपिदैं संक्रमित, बढ्दै मृत्यु, पछिल्लो २४ घण्टाको अपडेट



२५ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारत सार्क राष्ट्रमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ भने एसियाली मुलुकमा चौथो नम्बरमा रहेको छ त्यस्तै विश्वमा १४ औं नम्बरमा रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ७ सय ८५ पुगेको छ ।

एकैदिन ३ हजार ५ सय ८७ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ । त्यस्तै संक्रमितमध्ये १५ हजार ३ सय ३१ जना उपचारपछि निको भएका छन् भने ३५ हजार ८ सय ७१ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्