केहि दिन घटबढको स्थितीमा रहेको अमेरिकामा आज फेरी उच्च मृत्यु, पछिल्लो २४ घण्टाको अपडेट



२५ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ५ सय २० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७४ हजार ७ सय ९१ बढी  पुगेको छ ।

एकैदिन २५ हजार ६० जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२ लाख ६२ हजार ६ सय ९३ बढी पुगेको छ । संक्रमितमध्ये १५ हजार ८ सय २१ जनाको अवस्था गम्भीर रहेको छ भने २ लाख ६ हजार ३ सय ८२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्