संघीय सांसदहरूको स्वाब संकलन गरेर थालियो पीसीआर परीक्षण



२५ वैशाख २०७७, काठमाडौं

संघीय संसदका सांसदहरुको आज कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर पीसीआर टेस्ट् शुरु गरिएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाका प्रेस संयोजक अशोक पौडेलका अनुसार संघीय संसदका सबै सदस्यहरुको पीसीआर टेस्ट् शुरु गरिएको हो ।

बिहान १० बजेपछि पीसीआर परीक्षण शुरु गरिएको हो । दुवै सदनको बैठक भोलि अपरान्ह ४ बजे बस्दै छ ।

|तस्वीरमा सांसदको स्वाब संकलन। श्रोतः|

प्रतिक्रिया दिनुहोस्