२५ बैशाख २०७७, काठमाडौँ
बलिउडमा भर्सटाइल अभिनेताको रुपमा परिचित आमिर खान लकडाउनको समयमा सामाजिक सञ्जालमा आफ्ना पुराना कथा सेयर गरिरहेका छन् । यसैबिच उनले आफूरे करियर सुरु गर्दाको पल फ्यानमाझ सेयर गरेका छन् ।
आमिरले बलिउडमा आएको सुरुवाती दिनमा आफूसँग पैसा नभएको कारण सार्वजनिक सवारी साधन चढेर नै छायांकन स्थलसम्म पुग्ने गरेको बताएका छन् । साथै उनले आफूले दिएको पहिलो सुपरहिट फिल्म कयामत से कयामत तक बाट मात्र ११ हजार पाएको बताएका छन् ।
तर त्यसबेला ११ हजार पाउनु नै आमिरको लागि धेरै थियो । यतिमात्र होइन, आमिरले पहिलो फिल्मबाट मासिक १ हजार कमाउन थालेको पनि बताएका थिए ।
तारे जमिन पर, रंग दे बसन्ती, दिल चाहता है, ३ इडियट्स र पीकेजस्ता फिल्मबाट आमिरले निकै चर्चा कमाएका छन् ।