सरकारको नीति तथा कार्यक्रम २ जेष्ठमा



२५ वैशाख २०७७, काठमाडौं

२८ वैशाखबाट प्रीबजेट छलफल शुरु हुँदैछ । सत्तारूढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार २८ वैशाखबाट प्रीबजेट छलफल शुरु हुने भएको हो ।

त्यस्तै २ जेष्ठमा सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने गरी तयारी भएको उनले बताए । आगामी आर्थिक वर्ष ०७७र७८ को बजेट ल्याउने तयारीमा सरकार लागेको छ ।

संविधानमै १५ जेष्ठमा बजेट ल्याउनुपर्ने व्यवस्था छ । बजेट आउनु १५ दिनअघि नै प्रीबजेट छलफल सकिसक्नुपर्ने व्यवस्था छ । संसदको बजेट अधिवेशन भोलिबाट शुरु हुने भएको छ ।

१३ वैशाखमा आर्थिक सर्वेक्षण प्रस्तुत हुने तय भएको संघीय संसदको सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । अहिले सांसदहरूको स्वाब परीक्षण जारी रहेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्