पार्टी मुख्यालय धुम्बाराहीमा २० नेकपा नेताको बैठक, तत्काल स्थायी कमिटी बोलाउन माग



२५ वैशाख २०७७, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २० स्थायी कमिटी सदस्यले छुट्टै बैठक गरेका छन् ।

उनीहरुले पार्टी नेतृत्वलाई एजेण्डा सुझाएका छन् । बिहीबार (आज) नेकपा स्थायी कमिटी बैठक तय भएको थियो । तर एजेण्डा नभएको लगायतका कारण देखाएर अन्तिम समयमा आएर स्थगित भयो ।

लिखित रुपमै बैठक माग गर्ने २० स्थायी कमिटी सदस्य भने (आज) धुम्बाराही पुगेर छलफल गरेका छन् । ‘सचिवालयले एजेण्डा तय गर्न सकेन । त्यसैले एजेण्डा दिन हामीले छलफल गरेका हौं ।” स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने ।

उनकाअनुसार पार्टी र सरकारको काम, कोरोना संकट, पार्टी एकताका बाँकी काम, विदेशमा रहेका नेपालीहरुको समस्या र उद्दार लगायतका एजेण्डामा छलफल गर्न तत्काल स्थायी कमिटी बैठक बोलाउनुपर्ने नेताहरुको माग छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्