गृहकार्य नपुगेकै हो, अ‍ोलीजीसँग छलफल हुँदैछ : प्रचण्ड



२५ वैशाख २०७७, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटि बैठक स्थगित भएपछि प्रतिक्रिया दिएका छन् ।

बिहीबार (आज) का लागि बोलाइएको बैठक स्थगित भएपछि अध्यक्ष दाहालले पहिलो पटक यसबारेमा औपचारिक प्रतिकृया दिएका हुन् । प्रचण्डले बैठकका लागि गृहकार्य नपुगेको बताए ।

यस्तै उनले प्रधानमन्त्री तथा अर्का पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भइरहेको बताए । “अलिक गृहकार्य नपुगेकै हो ।” संसद भवन नयाँ बानेश्‍वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘यसबारेमा ओलीजीसँग मेरो छलफल भइरहेको छ । एक दुई दिन भित्र बोलाउँछौं ।’

स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न हिजो बोलाइएको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि अनिश्‍चित बनेको हो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्