‘रक्षा नेपाल’ का किशोरीहरुलाई नायिका नम्रता श्रेष्ठले गरिन् खाद्यान्न सहयोग



२५ बैशाख २०७७, काठमाडौँ

रक्षा नेपाल मानव अधिकारवादी संस्था हो । यस संस्थामा ७० बालबालिका र किशोरीहरु रहेका छन् । कोरोनाका कारण अहिले त्यहाँ खाद्यान्नको अभाव भैरहेको छ ।

हाल कोरोना पिडितलाई सहयोग गरिरहेकी नायिका नम्रता श्रेष्ठले रक्षा नेपाल लाई पनि सहयोग गरेकी छिन् । १५ दिनलाई पुग्ने राहत लिएर नम्रता स्वयम रक्षा नेपालमा पुगेकी थिइन् ।

उनलाई देखेर त्यहाँका किशोरीहरु निकै नै खुसी भएका थिए । उनीहरुले नम्रताको अटोग्राफ पनि लिए । यो संस्थाले यौन हिंसामा परेका किशोरी र बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्