ऋषिलाई सम्झदैँ छोरी रिदिमाले सेयर गरिन् १० बर्ष अघिको यस्तो तस्बिर



२५ बैशाख २०७७, काठमाडौँ

ऋषि कपुरको निधनले उनको परिवारमा धेरै चोट परेको छ । जसका कारण उनको परिवारले उनलाई बिर्सन सकेका छैनन् । कहिले ऋषिकी श्रीमती त कहिले छोरीले सामाजिक सञ्जालमा ऋषिको तस्बिर सेयर गरेर उनलाई मिस गरिरहेको बताएका छन् ।

ऋषिकी छोरी रिदिमाले उनलाई सम्झदैँ इन्ष्टाग्रामको स्टोरीमा उनीसँगको पुरानो तस्बिर सेयर गरेकी छिन् ।

इन्स्टाग्राम स्टोरीमा रिदिमाले १० वर्ष पुरानो फोटो शेयर गर्दै ‘२०१० न्यु इयरको मिठो याद । समारा ९रिदिमाकी छोरी० को जन्म भन्दा ठिक पहिले’ लेखेकी छिन् । फोटोमा ऋषि कपुर, नितु कपुर, रिदिमा र उनका पति भरत साहनी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्