२६ बैशाख २०७७, काठमाडौँ
लकडाउनका कारण बलिउडका धेरै चलचित्रहरु अन्योलमा परेका छन् । चलचित्रको छायांकनदेखि रिलिज डेट पनि प्रभावित भएको छ । यस्तोमा अब केही निर्माताहरुले आफ्नो चलचित्र डिजिटल प्याल्टफर्म मार्फत रिलिज गर्ने तयारी गरिरहेका छन् ।
अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र लक्ष्मी बम अनलाइन रिलि जगर्ने तयारी भैरहेको छ । लक्ष्मी बम को सम्पूर्ण काम सकिसकेकाले यसका निर्माता चलचित्रलाई अनलाइन रिलिज गर्न तयार भएका हुन् ।
यसैबिच सलमानको बहुप्रतिक्षित चलचित्र राधे पनि अनलाइन रिलिज गर्ने तयारी रहेको खबर बाहिर आइरहेको छ ।
अनलाइनमा रिलिज गर्न यस चलचित्रलाई २५० करोडको अफर आएको बताइएको छ ।
यस बिषयमा कुरा गर्दै सलमानका म्यानेजर जोर्डी पट्टेलले भारतीय मिडियासँग भनेका छन्–‘अहिले नै चलचित्र तयार भएको छैन । त्यसैले कती रकममा चलचित्र बेच्ने भन्ने कुरा नै भएको छैन । हामी अहिले नै चलचित्रको विक्री रकम अनुमान गर्न सक्दैनौ ।’
चलचित्रको एउटा गीतको छायांकन अझै बाँकी रहेको बताइएको छ ।