फेसबूकको आफ्नै ‘सर्वोच्च अदालत’ : डेनमार्कका पूर्वप्रधानमन्त्री पनि बोर्डमा



२६ वैशाख २०७७, काठमाडौं

विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबूकले आफूमाथि उठ्दै आएको प्रश्न व्यवस्थापन गर्न नयाँ उपाय अपनाएको छ ।

त्यसका लागि एउटा स्वतन्त्र बोर्ड गठनको महत्वपूर्ण घोषणा गरेको छ । उक्त स्वतन्त्र बोर्डमा रहने सदस्यहरुले विरोधाभाषपूर्ण सामग्री फेसबूकबाट हटाउने निर्णय गर्नेछन् ।

फेसबूकका सिइओ मार्क जुकरबर्गभन्दा पनि माथिल्लो हैसियतमा रहने उक्त बोर्डले ‘कन्टेन्ड मोडरेसन’को काम पनि गर्ने जनाइएको छ । उक्त बोर्डले विवादस्पद लागेका सामग्री डिलिट गर्ने छ ।

प्रविधि विश्लेषकहरुले यो बोर्डलाई फेसबूकको ‘सर्वोच्च अदालत’ नाम दिएका छन् । प्रविधि समाचार संस्था मिसाबेलका अनुसार बोर्डमा डेनमार्ककका पूर्व प्रधानमन्त्री पनि छन् ।

एक जना नोबल पुरस्कार पाएका व्यक्ति एवं धेरै कानूनविज्ञ सहभागी छन् । मानवअधिकार तथा डिजिटल सुरक्षामा काम गरिरहेका कानूनविद्हरु पनि फेसबूकको बोर्डमा छन् । सुरुआतमा यो बोर्ड १६ सदस्यीय रहने बताइएको छ ।

पछि यसलाई ४० जनासम्म पुर्याउने उद्देश्य फेसबूकको छ । ‘अहिलेलाई बोर्डमा २७ देशका मान्छे छानिएका छन् । उनीहरुले २९ भाषा बुझ्न सक्छन् ।’ फेसबूकले भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बोर्डका लागि छानिएकामध्ये एक चौंथाइ सदस्य अमेरिकी छन् । उक्त बोर्डले कुन किसिमका पोस्ट् हटाउने भनेर निर्णय गर्नेछ । सामग्री हटाउने वा नहटाउने विषयमा बोर्ड फेसबूक सिइओ जुकरबर्ग भनेको मान्न समेत बाध्य हुने छैन ।

शक्तिशाली सामाजिक सञ्जाल फेसबूकमा पोस्ट् हुने कन्टेन्ट्लाई लिएर बेलाबेला विरोधाभाष विषय उठ्ने गरेको छ । अघिल्लो अमेरिकी निर्वाचनदेखि धेरै विषयमा उमाथि प्रश्न उठ्दै आएको छ ।

यही विवादबाट जोगिन फेसबूकले केही अगाडि ‘ट्रेन्डिङ सेक्सन’ नै हटाएको थियो । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्