२६ बैशाख २०७७, काठमाडौँ
लकडाउनका कारण यतिबेला राजेश हमाल श्रीमती मधु भट्टराईसँग समय बिताइरहेका छन् । त्यसका साथै सधैँ नै फिटनेशमा निकै ध्यान दिने राजेशले लकडाउनमा पनि आफ्नो नियमित व्यायामलाई भने रोकेका छैनन् ।
अहिले पनि उनी हरेक दिन व्यायाम गर्ने गर्छन् । आजभोली सामाजिक सञ्जालमा निकै नै सक्रिय रहने राजेशले हालैमात्र आफूले व्यायाम गरिरहेको एक भिडियो इन्ष्टाग्राममा पोष्ट गर्दै युवाहरुलाई पनि फिट रहन व्यायाम गर्न सुझाव दिएका छन् ।
यो पोस्टमा हमालका फ्यानले रमाइलो कमेन्ट गरेका छन् । हमाल युवापुस्तालाई व्यायाम र योगा गर्न समेत अनुरोध गर्ने गर्छन् । युवापुस्तालाई पनि हमाललाई फलो गर्ने गरेका छन् ।