२६ बैशाख २०७७, काठमाडौँ
लकडाउनको असर लामै समयसम्म देखिने भएपछि बलिउड चलचित्र भटाभट डिजिटल प्याल्टफर्ममा रिलिज हुने तयारीमा छन् । यसैबिच सलमानको मुख्य भूमिका रहेको चलचित्र राधे पनि डिजिटल प्याल्टफर्ममा रिलिज गरिने चर्चा चलेपछि हल संचालकहरु यतिबेला तनावमा रहेका छन् ।
किनकी प्रतिक्षित चलचित्रहरु यसरी भटाभट हलमा रिलिज हुनुभन्दा अगाडी डिजिटल प्याल्टफर्ममा रिलिज हुदाँ हलवालाहरु करोडौँको नोक्सान पक्कै पनि हुन्छ । त्यसैकारण पनि सलमानको राधे डिजिटल रिलिज गर्ने चर्चा चलेपछि हल वालाहरुले आपत्ति जनाएका हुन् ।
मल्टीप्लेक्स एसोसिएशन अफ इंडिया ९एमएआई० का अधिकारीहरुले यस बिषयमा सलमानसंग कुराकानी गरिने बताएका छन् । यदि सलमानको फिल्म डिजिटल प्लेटफर्म मार्फत रिलिज गरिएमा फिल्मको कुनै महत्व नहुने र आगामी समयमा उनको फिल्म हलमा चलाउँदा मुस्किल हुने बताइएको छ । त्यस्तै एमएआई का अनुसार यस फिल्मलाई कुनै पनि ओटीटी प्लेटफर्मले २५०-३०० करोडको अफर दिन सक्नेछैनन् ।
यसबारे सलमान भने अहिलेसम्म चुप नै बसेका छन् ।