२६ बैशाख २०७७, काठमाडौँ
तक्मे बुढा को नामले परिचित कलाकार विल्सन विक्रम राईले लकडाउनको समयमा पनि आफ्नो अभिनयलाई निरन्तरता दिएका छन् । उनले घर बसी बसी नै एक सर्ट भिडियो तयार पारेका छन् ।
लकडाउनका कारण समस्यामा परेकाहरुको लागि राहत वितरण भैरहेको विषयलाई समेटेर विल्सनले राहत काण्ड भन्दै भिडियो बनाएका हुन् । भिडियोमा उनले ३ वटा क्यारेक्टर निभाएका छन् ।
भिडियोमा उनीसँगै केही स्थानीय कलाकारहरुलाई देख्न सकिन्छ ।