संघीय सांसदसहित संसद सचिवालयका सबै कर्मचारीको पीसीआर रिपोर्ट ‘नेगेटिभ’



२६ वैशाख २०७७, काठमाडौं

बजेट अधिवेशन शुरु हुनुअघि हिजो थ्रोट स्वाब संकलन गरि परीक्षण गरिएका सांसदसहित संघीय संसद सचिवालयका सबै कर्मचारीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिनिधिसभाका १७९ सदस्य, ३३ जना राष्ट्रिय सभाका सदस्य र २२९ कर्मचारी तथा मर्यादापालक गरी ४ सय ४१ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालय स्रोतले जनायो ।

यसबारे नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने बताइएको छ । संसद बैठक अघि कोरोना भाइरस भए नभएकोबारे पीसीआर विधिबाट परिक्षण गर्ने कार्य व्यबस्था समितिको निर्णयअनुसार हिजो उनीहरुको थ्रोट स्वाब संकलन गरिएको थियो ।

|तस्वीरमा स्वाब संकलन। श्रोतः|

प्रतिक्रिया दिनुहोस्