कोरोना रोकथामको उपाय सफल नभए अफ्रिकामा १ लाख ९० हजारसम्मको मृत्यु हुन सक्छ : विश्व स्वास्थ्य संगठन



२६ वैशाख २०७७, काठमाडौं

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) रोकथामको उपाय सफल नभए यस वर्ष एक लाख ९० हजार मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।

डब्लूएचओको एक अध्ययनमा कोरोना भाइरसको महामारीले अफ्रिकामा ठूलो नोक्सानी पुर्‍याउने सक्ने देखिएको हो । यो अनुमान डब्लूएचओको अफ्रिकाका ४७ मुलुकमा गरिएको विश्लेषणको आधारमा तयार पारिएको हो ।

अध्ययनका अनुसार, अल्जेरिया, दक्षिण अफ्रिका र म्यानरुनमा कोरोना भाइरस रोकथामको लागि ध्यान नदिएको खण्डमा त्यहाँ कोरोना भाइरसको महामारी फैलिने खतरा बढी देखिएको छ ।

डब्लूएचओले यसअघि नै अफ्रिकाको लागि आगामी दिन निकै चुनौतीपूर्ण हुनसक्ने चेतावनी दिएको थियो ।बीबीसीबाट–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्