आज स्वाब दिएका सांसदले बैठकमा भाग लिन नपाउने



२६ वैशाख २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)संक्रमण परीक्षणका लागि शुक्रबार (आज) स्वाब संकलन गरिएका सांसदले केही बेरमा शुरु हुने बैठकमा सहभागी हुन नपाउने भएका छन् ।

संसद सचिवालयले आज स्वाब संकलन गरिएका सांसदलाई बैठकमा नआउन जानकारी गराएको छ । आज संसदको बैठकअघि नै उनीहरुको रिपोर्ट आउने सम्भावना कम रहेकाले उनीहरुलाई बैठकमा नआउन जानकारी गराइएको सचिवालय स्रोतले जनाएको छ ।

आज प्रतिनिधि सभाका ५३ र राष्ट्रियसभाका १० जना सांसदले कोरोना परीक्षणका लागि स्वाब दिएका छन् । उनीहरुको बिहान पौने १२ बजेसम्म स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

संघीय संसदले कोरोना संक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र संसद बैठकमा सहभागी हुन पाउने निर्णय गरेको छ । बिहीबार (हिजो) स्वाब संकलन गरिएका २१२ सांसद र संसद सचिवालयका कर्मचारीसमेत गरी ४ सय ४० जनामा भने कोरोना संक्रमण नभएको पुष्टि भइसकेको छ ।

|तस्वीरमा बैठक पूर्वको तयारी। श्रोतः|

प्रतिक्रिया दिनुहोस्